वर्षाले जन जीवन प्रभावित,तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

संदिप प्रसाद यादव
संदिप प्रसाद यादव 107 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया : अविरल वर्षाको कारण शुक्रबार बाराको जनजीवन प्रभावित भएको छ। वर्षासंगै आएको केही हावाले गर्दा बाराको बडहर्वा क्षेत्रमा विद्युत अवरुद्ध भएको छ।

विद्युत सेवा प्रभावित भएको छ। वर्षाको कारण मानिसहरु निकै कम घर बाहिर निस्केका छन्। बजारमा भिडभाड कम भएको छ।

बजारको रौनकमा कमी आएको छ। व्यापार तथा व्यवसाय कम भएको छ।

यसैक्रममा जल तथा मौसम विज्ञान विभागले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागले शुक्रबार राती मोबाइलमा एक म्यासेज गरी सतर्कता अपनाउन सर्वसाधारणसंग आग्रह गरेको हो ।

बाराको पसाहा खोला,महेशपुर जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा रहनुहुनेहरूले शनिबार विहान सम्मै सतर्कता अपनाईराखौँ“उक्त म्यासेजमा उल्लेख गरिएको छ ।

संदिप प्रसाद यादव

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न