मधुबन खानेपानी तथा सरसफाई उपभोक्त समितिको अध्यक्षमा गौतम

साझेदारी दैनिक
साझेदारी दैनिक 93 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कोल्हवी : बाराको कोल्हवी नगरपालिका ८ स्थित मधुबन खानेपानी तथा सरसफाई उपभोक्त समितिको अध्यक्षमा चन्द्र प्रसाद गौतम सर्वसहमत चयन भएका छन् ।

मधुबन समितीका निबर्तमान अध्यक्ष रुद्र प्रसाद बजगाइको अध्यक्षतामा शनिबार भएको साधारण सभाले अध्यक्ष गौतमलाई सर्वसहमतबाट चयन गरिएको हो ।

अध्यक्ष गौतमको संयोजकमा सात सदस्यीय उपभोक्ता समिती गठन भएको छ ।

त्यस्तै समितिको उपाध्यक्षमा वीरेन्द्र साह,कोषाध्यक्षमा गंगा सुवेदी,सचिवमा सिताराम पासवान र सह-सचिवमा अप्सरा मल्ल सर्वसहमतबाट चयन भएका छन् ।

उक्त उपभोक्त समितिको सदस्य सावित्री कुमारी कार्की र जानुका खड्का चयन भएका हुन् ।

भेलामा कोल्हवी नगरपालिका का नगर प्रमुख रामप्रसाद चौधरी,८ का वार्ड अध्यक्ष अनुप सुवेदी,निवर्तमान वार्ड अध्यक्ष सार्थक पौडेल लगायतको उपस्थिति रहेको स्थानिय सामाजसेवी किशोर बसनेतले जानकारी दिएका छन् ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न