कोल्हवी :धीरेन्द्र पनुहर/ बाराको कोल्हवीमा भब्यताको साथ बिहिवार एक कार्यक्रमको बिच संविधान दिवस मनाईएको छ ।
यहाँ रहेको तामागढी पार्टी पैलेसको सभाहलमा कोल्हवी नगरपालिकाको आयोजनामा सो दिवस मनाइएको हो। कार्यक्रमको प्रमुख अतिथि कोल्हवी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीले गमलामा पानी हालेर कार्यक्रमको उद्घाटन गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले यो संविधानले जनताको हक अधिकार दिएकोले सबै मिलि यो संविधानको रक्षा गर्नु पर्दछ उनले भने। पाँच बर्षमा आफ्नो प्रतिनिधि छान्ने अधिकार समेत यो संबिधानले दिएको उनले बताए।
नगरपालिका भित्र रहेका उत्कृष्ट शिक्षक तथा बिद्यार्थीहरुलाइ पुरस्कृत गर्दा उनीहरुको मनोवल बढ्नुको साथै अगामी दिनमा आफुले पाएको पुरस्कारलाई निरन्तरता दिन मेहनतको साथ लागि परेको जनाए। आफ्नो शिक्षण कार्यलाई प्रभावकारी ढंगले प्रस्तुत गर्ने र विद्यार्थीहरुले अझै मेहनतको साथ अध्ययन कार्य गर्ने छन ।
कक्षा १२ को नतिजा अनुसार उत्कृष्ट शिक्षकहरुमा अङ्ग्रेजी शिक्षक चन्द्रदेव कुशवाहा,पेडागोजीमा चन्द्र शेखर चौधरी,बिजनस स्टडीमा शैलेन्द्र चौधरी,एच्छिक नेपालीमा जिवलाल बन्जारे,शिक्षा बिकासमा गजेन्द्र चौधरी लगाएतकोलाई सम्मान गरिएको छ।
त्यस्तै कार्यक्रममा उत्कृष्ट शिक्षकहरु एसईई परीक्षाको नतिजा अनुसार अङ्ग्रेजी शिक्षक बिजेन्द्र चौधरी,अनिवार्य गणित शिक्षक दिनानाथ महतो,बिज्ञान शिक्षक जेकेन्द्र चौधरी,नेपाली शिक्षक तुलसी ढकाल,लेखा शिक्षक सरोज चौधरी,एच्छिक गणित शिक्षक नन्देशवर चौधरी,अर्थशास्त्र शिक्षक दिनेश चौधरीलाई दोसल्ला ओढाएर प्रमाणपत्र सहित सम्मान गरिएको हो ।
त्यसैगरी आधारभूत तहमा बिज्ञान तथा प्रबिधि शिक्षक लक्ष्मी चौधरी,एच्छिक अंग्रेजी शिक्षक सरोज चौधरी,गणित शिक्षक योगेन्द्र चौधरी,नेपाली शिक्षक हरिराज गिरी,स्वास्थ तथा शारीरिक शिक्षिका बबिता चौधरी सामाजिक अध्ययन शिक्षक बिमलकुमार परियार लगायतकोलाइ सम्मान गरिएको हो ।
कार्यक्रममा शुभकामना मन्तव्य श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय सपहीका प्रधानाध्यापक भुनेश्वर चौधरी,तामागढी साझेदारी बनका अध्यक्ष रबिन्द्र पनुहर,नेकपा माओवादी केन्द्रका नेता तपेश्वर राय थारु,नेकपा एमाले कोल्हबी नगर कमिटी अध्यक्ष पुरनदेव चौधरी,नेपाली कांग्रेस कोल्हबी नगर समितिको सभापति वीरेन्द्र चौधरी,समाजसेवी ढुण्ढिराज उप्रेती,पूर्व नगर प्रमुख भरत बहादुर भण्डारी लगायतकाले शुभकामना मन्तव्य राखेका थिए।
उक्त कार्यक्रममा कोल्हबी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र चौधरी,२ का वडा अध्यक्ष गोपाल प्रसाद अधिकारी,३ का वडा अध्यक्ष किसुनदयाल चौधरी,४ वडा अध्यक्ष बिष्णु मैनाली,६ का वडा अध्यक्ष दिनेश प्रसाद चौधरी,९ का वडा अध्यक्ष दलबहादुर चौधरी,१० वडा अध्यक्ष कुन्जबिहारी चौधरी ,इलाका प्रहरी कोल्हवीका रामुख किसान बस्नेत सशस्त्र बेस कोल्हवीका प्रमुख कृष्णबिक्रम सपही क्यापस सभा अध्यक्ष केवल प्रसाद चौधरी लगायत नगरपालिका भित्र रहेका सामुदायिक बिधालयका प्रधानाध्यापक,शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।
नगर उपप्रमुख लक्ष्मी कुमारी चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य वडा नम्बर ३ का वडा अध्यक्ष किसुनदयाल चौधरीले गरे। कर्यक्रमको सञ्चालन लोकनाथ ओलिको रहेको थियो।