कलैया : बारामा बिहीबार १० औं संविधान दिवस मनाइएको छ ।
यस अवसरमा जिल्ला प्रशासन कार्यालय बाराको अगुवाईमा प्रभातफेरि तथा बृहत सरसफाई गरिएको छ।
जिल्ला प्रशासन कार्यालय बाराको आयोजनामा जिल्ला प्रशासन कार्यालयबाट बाजागाजा सहित निकालिएको र्यालीले कलैया बजारको विभिन्न भागमा परिक्रमा गरेको हो ।
र्याली सिद्धेश्वर मन्दिरको प्राङ्गणमा पुगेर कोणसभामा परिणत भएको थियो ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले २०७२ असोज ३ गते नेपालको संविधान २०७२ जारी भएको घोषणा गरेका थिए ।
संविधान निर्माण भएर कार्यान्वयनमा आएको नौ वर्ष पूरा भएको छ ।
बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समितिका सभापति नरेन्द्रकुमार साह रहेका हुन्।
कोणसभालाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका सभापति नरेन्द्रकुमार साहले आ–आफ्नो घरमा दीप प्रज्वलन गरी हर्षोल्लासपूर्ण संविधान दिवस मनाउन आग्रह गरे।
उक्त अवसरमा सदिश्वर मन्दिरमा दुई सय बिरुवा वृक्षारोपण गरिएको छ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई,जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्का,सशस्त्र प्रहरी बाराका प्रमुख सन्तोष सिंह,राष्ट्रिय अनुसन्धान उप– निर्देशक तथा बाराका प्रमुख अभिनय दिपक खड्का,ज्वाला दल गण बाराका प्रमुख सेनानी कुमार श्रेष्ठ,नेपाली कांग्रेस पार्टी बारा क्षेत्र नम्बर ४ ख का क्षेत्रीय सभापति लोकेश सिंह,समाजसेवी,विभिन्न सरकारी कार्यालयका कर्मचारीहरू,सञ्चारकर्मीहरू लगायतको उपस्थिति रहेको थियो ।