साधुको भेष बनाएर चरेश कारोबार गर्ने भारतीय नागरिक वीरगञ्जबाट पक्राउ

राम मण्डल
राम मण्डल 65 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

वीरगञ्ज : साधुको भेष बनाएर चरेशको कारोबार गर्ने एक जना भारतीय नागरिक वीरगञ्जबाट पक्राउ परेका छन्।

साधुको भेषमा चरेशको कारोबार गर्ने भारत अगरा उत्तर प्रदेश कुडोल फतेहावाद बस्ने ४२ वर्षीय गोपाल गिरीलाई पर्सा प्रहरीले पक्राउ गरेको हो।

वीरगञ्ज महानगरपालिका–२ डम्पिङ साइडतर्फ लाग ुऔषध खरिद विक्री भइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गिरिलाई पक्राउ गरेको हो।

पर्साका प्रहरी प्रवक्ता एवम् डीएसपी दिपक भारतीका अनुसार उनले बोकेको प्लाष्टिकको झोलामा लुकाइ छिपाइ राखिएको लागुऔषध चरेश २ केजी ९६० ग्राम बरामद भएको हो।

पक्राउ परेका गिरी विरूद्ध लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

राम मण्डल

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न