तोलामा रु तीन सयले घट्यो सुनको मूल्य

साझेदारी दैनिक
साझेदारी दैनिक 54 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

काठमाडौँ,२ असोज : स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु तीन सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला रु एक लाख ५६ हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५६ हजार चार सय निर्धारण भएको छ ।

यस्तै चाँदीको मूल्य प्रतितोला रु १५ ले घटेको छ । मङ्गलबार प्रतितोला रु एक हजार नौ सय पाँचमा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय ९० निर्धारण भएको छ ।

साझेदारी दैनिक

TAGGED:
समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न