काठमाण्डौं : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले ईस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मुहम्मदको जन्म जयन्तिको अवसरमा शुभकामना दिएका छन्।
यादवले आइतबार एक प्रेस विज्ञप्ति जारी गरी शुभकामना दिएका हुन्।
शुभकामना पत्रमा उनले स्वदेश तथा विदेशमा रहने ईस्लाम धर्मावलम्बीहरुलाई हार्दिक शुभकामना दिएका हुन्।
यस पर्वले सबै समुदायवीच आपसी भाइचारा र सद्भाव कायम राख्दै राष्ट्रिय एकता तथा अखण्डतालाई थप मजबुत बनाउने विश्वास उनले शुभकामना पत्रमा व्यक्त गरेका छन्।