जीतपुरसिमरा उपमहानगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा सह सचिव आउँने

रञ्जन यादव
रञ्जन यादव 89 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

जीतपुरसिमरा उपमहानगरपालिकामा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सह सचिव पठाउँने भएको छ ।

उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा सह सचिव वीरेन्द्र देव भारती आउन लागेका हुन् । मन्त्रीपरिषद्को भदौ २७ गते बसेको बैठकले ४० सहसचिवको सरुवा गर्ने निर्णय गरेको थियो । सो क्रममा मन्त्रालयले अतिरिक्त समूहमा रहेका भारतीलाई जीतपुरसिमरा पठाउने भएको हो ।

यस भन्दा अगाडि पनि जीतपुरसिमरा उपमहानगरपालिकाको अर्को निर्वाचित जन प्रतिनिधिको कार्यकालमा सहसचिव शिवकुमार कार्की र बैकुण्ठनिधी शर्मा प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएपनि कामै नगरी केहि दिनमै आफनो सरुवा गराएर गएका थिए ।

जीतपुरसिमरा उपमहानगरपालिकामा यस अघि उपसचिव उर्मिला काफ्ले प्रमुख प्रशासकीय अधिकृत रुपमा कार्यरत थिइन् । काफ्लेलाई नगर सभामा नगर प्रमुख राजन पौडेललाई साथ दिएको भन्दै एमाले निकट जन प्रतिनिधिहरु रुष्ट बन्दै आएका थिए ।

उनीहरुले प्रमुख प्रशासकिय अधिकृत काफ्लेको जसरी भएपनि यहाँबाट पठाउँने मानसिकतामा पुगेका थिए । एमाले निकट जनप्रतिनिधिहरु आफनो छिमेकी जिल्ला पर्साबाट एमाले कोटामा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री भएका राजकुमार गुप्ताको सहयोगले उनको सरुवा गरेको थियो ।

तर काफ्लेले उक्त सरुवाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । सवोच्च अदालतले सरुवा नगर्न अल्पकालीन आदेश जारी गरेको थियो । उक्त रिटको फैसला हुन बाँकी छ ।

अदालतको आदेशले उपमहानगरपालिकामा नै बसिरहेकी काफ्लेको जसरी भएपनि उपमहानगरपालिकाबाट पठाउँने मानसिकता बनाएका एमाले निकट जनप्रतिनिधिहरु प्रमुख प्रशासकिय अधिकृत काफ्लेकोको सरकारी कोटामा जान लागेको अमेरिका भ्रमण पनि रद्ध गराएका थिए ।

रञ्जन यादव

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न