कोल्हवी :धिरेन्द्र पुनहर/
नेपाल मत्स्य व्यवसायी संघ बाराका अध्यक्ष वीरेन्द्र चौधरीको पोखरीमा रहेको माछा अचानक मरेको छ।
बाराको कोल्हवी नगरपालिका –७ धोधर्पामा रहेको एउटा पोखरीमा रहेको माछा मर्न थालेको हो। पोखरीमा नौ लाख पैतालीस हजार रुपैयाँ भन्दा बढीको क्षति भएको छ ।
धोधर्पामा रहेको चौधरी मत्स्य फर्मको ९ बिघामा रहेको पोखरीको माछा शुक्रबार देखी अचानक मर्न थालेको हो। फर्म संचालक तथा नेपाल मत्स्य व्यवसायी संघ बाराका अध्यक्ष चौधरी चिन्तामा परेका छन् ।
फर्म संचालक चौधरीका अनुसार १ देखि ८ किलो सम्मका सिलवर,ग्रास,बिगहेड,रोहु,नैनी,भकुरा जातका करिब २७ क्विन्टल माछा मरेको हो ।
अचानक माछा मर्दा करिब नौ लाख पैंतालीस हजार रुपैयाँ भन्दा बढीको क्षति भएको उनले साझेदारी दैनिकलाई बताए। पोखरीमा यति धेरै माछा पहिले कहिले पनि नमरेको समेत जानकारी दिए ।
अहिले रोकथामको लागी बिज्ञको परामर्श अनुसार बिभिन्न किसिमका औषधिहरु पोखरीमा प्रयोग गरिरहेको उनले बताए।
उक्त चौधरी फर्ममा माछाको भुरा उत्पादन गरि बिक्रि बितरण गर्ने गरेको छ। फर्मले १० जनालाई रोजगारी समेत दिएको छ ।