वीरगञ्ज : लामो समयसम्म रिक्त रहेको तथा निमित्तको भरमा चल्दै आएको पर्सा र बाराका दुईदुई वटा गाउँपालिकामा सँघीय मामितला तथा सामान्य प्रशासन मन्त्रालयले नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएको छ ।
मन्त्रालयले पर्साको पकहा मैनपुर गाउँपालिकामा बिजय कुमार चौरसिया र धोबिनीमा मनिषा कर्णलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको हो।
यस्तै बाराको करैयामाई गाउँपालिकामा बिनयकुमार गुप्ता र सुवर्ण गाउँपालिकामा पुजाकुमारी तिवारीलाई मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ।
मधेस प्रदेश भरिमा रिक्त रहेको बीस गाउँपालिकाहरुमा पनि प्रमुख प्रशासकीय अधिकृतहरु खटाएको छ ।जसमा रौतहटको यमुनामाई गाउँपालिकामा सतेन्द्र यादव,सर्लाहीको बसबरिया गाउँपालिकामा धनन्जय कुमार दास,कोडैनामा कृष्ण्देव राय,धनकौलमा सँजीव साह,बिष्णु गाउँपालिकामा आशो कर्ण,पर्सामा अखिलेश्वर कर्ण र रामनगर गाउँपालिकामा दिपेन्द्र प्रसाद यादवलाई पठाइएको छ ।
त्यस्तै मन्त्रालयले सिरहाको औरही गाउँपालिकामा उदित्य कुमार कर्ण,बिष्णुपुरमा मनोजकुमार मगर र अर्नमा गाउँपालिकामा जितेन्द्र कुमार पासवानलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको छ।
सप्तरीको रुपणी गाउँपालिकामा मोना झा,तिरहुतमा सुमन पण्डित,बलान बिहुलमा रोशन कुमार गुप्ता र बिष्णुपुर गाउँपालिकामा नरेन्द्र कुमार श्रेष्ठलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिईएको छ ।
महोत्तरीको सोनमा गाउँपालिकामा जयकिशोर साह र पिपरामा अरबिन्द लाल कर्णलाई मन्त्रालयले पठाएको छ
।मधेसका गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुदा कतिपय गाउँपलिकाले आर्थिक बर्ष शुरु भएको साढे दुई महिना भन्दा पनि बढी भईसकेको भएपनि हालसम्म बजेट ल्याउन सकेका छैनन् ।
जस्का कारण बिकाश निर्माणका कामहरु ठप्प रहेका छन । निमित्तको भरमा कतिपय गाउँपालिकाहरु चल्दा विकास निर्माणका काममा अवरोध सिर्जना हुदै आएको छ ।