गाँजा सहित पर्साबाट एक जना पक्राउ

साझेदारी दैनिक
साझेदारी दैनिक 67 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

वीरगञ्ज : प्रतिबन्धित गाँजासहित पर्साबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बहुदरमाई नागरपालिका वडा नम्बर ३ पदमौल गम्हरिया बस्ने ३८ वर्षीय रफिक अहमदलाई प्रहरीले पक्राउ गरेको हो ।

आफनै घरमा गाँजा लुकाएर राखेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पोखरियाको टोलीले जाँच गरेको थियो ।जाँचको क्रममा उनको घरमा प्लास्टिकमा पोका पारी लुकाई राखिएको अवस्थामा १५ किलो गाँजा प्रहरीले बरामद गरेको थियो ।

गाँजा बरामद भएपछि अहमदलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भईरहेको पर्साका प्रहरी प्रबक्ता डिएसपी दिपक भारतीले जानकारी दिए ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न