पासपोर्ट र भिसा नभएको बंगलादेशी नागरिक पक्राउ

साझेदारी दैनिक
साझेदारी दैनिक 75 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

वीरगञ्ज :बिना पासपोर्ट र भिसा वीरगञ्जको होटेलमा बस्दै आएको अवस्थामा पर्सा प्रहरीले एक जना बँगलादेशी नागकिरलाई बिहीबार पक्राउ गरेको छ ।

प्रहरीले बंगलादेश सिलेट होबीगंज होल्डिङ नं.७७७ ठेगाना भएका २९ वर्षीय महम्मद सहादत हुसेनलाई पक्राउ गरेको हो ।

चाँडपर्वलाई लक्षित गरी वीरगञ्ज स्थित रहेका होटलहरूको जाँच गरेको थियो ।सो क्रममा वीरगञ्ज महानगरपालिका–१६ बसपार्क स्थितमा रहेको आर्यन होटल एण्ड लजको कोठा नं.२०२ मा फेला पारि सोधपुछ गर्दा उनको साथमा पासपोर्ट र भिसा लगायतका कागजहरु नरहेको पाइएको थियो ।

कागजातहरु नरहेको पाएपछि हुसेनलाई पकाउ गरी आवशयक कारवाहीको लागि अध्यागमन कार्यालय वीरगञ्जमा बुझाइएको पर्साका प्रहरी प्रबक्ता (डिएसपी) दिपक भारतीले साझेदारी दैनिकलाई जानकारी दिए ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न