तीन करोड ९३ लाखको रक्सी र कम्प्युटर सामान लोड रहेको दुईवटा ट्रक प्रहरी नियन्त्रणमा

साझेदारी दैनिक
साझेदारी दैनिक 60 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

वीरगञ्ज : विल विजक भन्दा बढी रक्सी र कम्प्युटर माउस जस्ता सामान लोड रहेको एउटा ट्रक प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको छ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ मा लु १ ख ७५३२ र ना ३ ख ५४९ नम्बरको ट्रकलाई रोकेर प्रहरीले जाँच गरेको थियो ।

जाँचको क्रममा उक्त ट्रकमा लोड रहेको व्हिस्की र क्म्प्युटर माउस बिल बिजक भन्दा बढी रहेको पाइएको थियो ।

वीरगञ्जबाट काठमाण्डौतर्फ लैजाँदै गरेको अवस्थामा ट्रकमा लोड रहेको तीन करोड ९३ लाख ८८ हजार ६३१ बराबरको सामानसहित ट्रकलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्साका प्रहरी प्रबक्ता डिएसपी दिपक भारतीले साझेदारी दैनिकलाई जानकारी दिए ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न