श्रीकृष्ण प्रणामी मन्दिरको ३० औँ साधारणसभा सम्पन्न

सन्तोष पाण्डे
सन्तोष पाण्डे 103 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कोल्हवी,२६ भदौ । बाराको कोल्हवी ८ नयाँवस्तीमा रहेको श्रीकृष्ण प्रणामी मन्दिर सेवा समितिको ३० औं बार्षिक साधारणसभा तथा १०औँ अधिवेशन सम्पन्न भएको छ ।

साधारणसभा तथा अधिवेशनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कृष्ण प्रणामी मन्दिर सेवा समिति बारा,पर्साका अध्यक्ष अर्जुन प्रसाद घिमिरे र मन्दिरका पुजारी रत्नप्रसाद दाहालले उद्घाटन गर्नुभएको थियो ।

मन्दिर संचालन समितिका अध्यक्ष होमनाथ उप्रेतिको अध्यक्षतामा भएको साधारणसभा उद्घाटन कार्यक्रममा सेवा समिति बारा,पर्साका अध्यक्ष अर्जुन प्रसाद घिमिरे,पुर्वअध्यक्ष केशप्रसाद दाहाल,कोल्हवी वडा नम्बर ८ का निवर्तमान वडाअध्यक्ष सार्थक पौडेल,श्रीकृष्ण प्रणामी बाईजुराज महिला समितिकी बारा,पर्सा अध्यक्ष मन्दिरा उप्रेति, श्रीकृष्ण प्रणामी युवा परिषद बारा,पर्साका उपाध्यक्ष सन्तोष पाण्डे लगायतकाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा समितिका अध्यक्ष होमनाथ उप्रेतिले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष खुला सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा स्वागत संचालक समितिका धार्मिक उपाध्यक्ष रामचन्द्र सुवेदीले र कार्यक्रमको संचालन सचिव नवराज उप्रतिले गर्नुभएको थियो ।

यसैविच बुधवार नै सम्पन्न समितिको बन्द सत्रले मन्दिर संचालन नयाँ कार्यसमिति चयन गरिएको छ । बन्दसत्रले तीन बर्षे कार्यकालका लागि रामचन्द्र सुवेदी अध्यक्ष रहने गरी १३ सदस्यीय कार्यसमिति चयन गरिएको नवगठीत समितिका सचिव चन्द्रप्रसाद गौतमले जानकारी दिएका छन ।

सन्तोष पाण्डे

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न