नेपाली नारीहरुको महान पर्व हरितालिका तीज बारामा हर्सोल्लासका साथ मनाईयो

संदिप प्रसाद यादव
संदिप प्रसाद यादव 113 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

नेपाली नारीहरुको महान पर्व हरितालिका तीजका अवसरमा शुक्रवार बारामा पनि विभिन्न कार्यक्रम गरी महिलाहरुले हर्सोल्लास्का साथ तीज पर्व मनाएका छन ।

तीज पर्वका अवसरमा शुक्रबार विहानैदेखि बाराको विभिन्न स्थानहरुमा रहेका शिवालयहरुमा पुजाआजा गर्न महिलाहरुको घुइचो लागेको थियो ।

शास्त्र अनुसार पार्वतीले भगवान शिवलाई वर पाउन कठोर तपस्याको रुपमा ब्रतबसेको यसै दिनलाई सम्झेर तीजमा ब्रत बसी भगवान शिवको आरधाना पुजा गरेर विभिन्न भक्तिमय र नारीको पिडालाई दर्शाउने खालका गित गाउने र नाच्ने प्रचलन छ ।

प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन हरितालिका (तीज) मनाइने गरिन्छ । यो बर्ष पनि बाराको सिमरा,कोल्हवी,निजगढ,कलैया,प्रसौनी,जीतपुर,वरियारपुर लगायतका स्थानहरुमा वृहद सांस्कृतिक कार्यक्रम,तृत्य प्रतियोगिता,शुभकामना आदानप्रदान आदि कार्यक्रम आदी गर्दै रमाईलोका साथ तीज पर्व मनायो ।

कलैयामा रहेको सिदेश्वर मन्दिरमा बिहानैदेखि महिलाहरूको भीड लागेको थियो । मन्दिर परिसरमा दर्शनार्थी महिलाको भीड लाग्नुका साथै महिलाहरूले विभिन्न समूहमा नाचगान गरी तीज मनाएका थिए ।

यस्तै सिमरास्थित शिव मन्दिरमा समेत महिलाहरु पूजा गर्न गएका हुन्। चारकोसे झाडीस्थित जंगलीबाबा सहजनाथ महादेव मन्दिरमा दर्शनार्थिहरु पुगेका थिए ।

सिमरा स्थित घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाले तीजका अवसरमा नगर स्तरीय तीज गित प्रतियोगिताको आयोजना गरेको थियो । यस्तै निजगढ,कोल्हवीका सपही,कोल्हवी ८ को नयाँवस्तीमा पनि तीज विशेष कार्यक्रमहरु संचालन गरी महिला दिदीबहिनीहरुले नाचगान गर्दै तीज पर्व मनाएका छन ।

यस्तै महिलाहरुले रातभर शिव भक्तिका र सामाजिक एवम् महिलाहरुका पिडा रुपी गीतहरु गाएर रातभर जागरम बस्ने चलन पनि छ । तीज पर्वका असरमा बाराका १६ वटै पालिकाहरुमा महिलाहरुले विशेष रुपमा तीज पर्व मनाएका छन ।

संदिप प्रसाद यादव

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न