तीजको अवसरमा बाराका शिवालयहरूमा बिहानैदेखि दर्शनार्थीको भीड

संदिप प्रसाद यादव
संदिप प्रसाद यादव 180 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

कलैया,२१ भदौं । हिन्दू धर्मावलम्बी महिलाहरुको महत्वपूर्ण पर्व तीजमा शुक्रबार विहानै देखि बाराको शिवालयहरुमा दर्शनार्थिहरुको घुइचो लागेको छ ।

पार्वतीले भगवान शिवलाई वर पाउन कठोर तपस्याको रुपमा यो पर्वलाई लिने गरिन्छ । प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन हरितालिका (तीज) मनाइने गरिन्छ ।

बाराको कलैयामा रहेको सिदेश्वर मन्दिरमा बिहानैदेखि महिलाहरूको भीड लागेको छ ।

मन्दिर परिसरमा दर्शनार्थी महिलाको भीड लाग्नुका साथै महिलाहरूले विभिन्न समूहमा नाचगान गरी तीज मनाइरहेका छन् ।

निकै रमाइलो भयो,तीजमा नाँच्दै गरेकी कलैया १ की सरस्वती देवीले साझेदारी दैनिकसंग भनिन् । यो पर्वमा महिलाहरु पानी पनि नपिइ निर्जला व्रत वस्ने गर्छन् । पतिको दाीर्घायु,सुस्वास्थ्यको कामना गर्दै उनीहरु व्रत वस्ने गरेका हुन् ।

कलैया १ स्थित सिदेश्वर महादेव मन्दिर तथा कलैया २ स्थित लंगडा मठ परिसरमा रहेको शिव मन्दिरमा पनि थोरै संख्यामा भएपनि महिलाहरु पूजा गर्न पुगेका हुन्।

यस्तै सिमरास्थित शिव मन्दिरमा समेत महिलाहरु पूजा गर्न गएका हुन्। चारकोसे झाडीस्थित जंगलीबाबा सहजनाथ महादेव मन्दिरमा दर्शनार्थिहरु पुगेका हुन् ।

बाराको कोल्हवी– ८ नयाँबस्तीमा रहेको हरियाली पार्कको प्राङ्गणमा हरितालिका तिजको अवसरमा नाँच गान हुने गर्छ।

त्यहाँ रहेको नागेश्वर मन्दिरमा गरिने पूजा आराधना तथा नाँचगान हुँदै छ ।

तीज पर्वमा महिलाहरूले आज निराहार व्रत बसी आफ्ना पति, घरपरिवारको लामो आयु,सुख,समृद्धिको कामना गर्दै साँझ महादेव मन्दिरमा दर्शन तथा नाचगान गर्दै यो पर्व मनाउने गर्दछन् ।

संदिप प्रसाद यादव

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न