जीतपुरसिमराकी प्रमुख प्रशासकिय अधिकृत काफ्लेको अमेरिका भ्रमण रद्ध भएपछि सामाजिक सञ्जाल तात्यो

रञ्जन यादव
रञ्जन यादव 88 पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

जीतपुर :राजनितीक पुर्बाग्राहका कारण जीतपुरसिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकिय अधिकृत उर्मिला काफ्लेको तालिमका लागि अमेरिका जाने भिषा रद्ध गर्न मन्त्रालयले परिपत्र गरेपछि अहिले बारामा सामाजिक सञ्जाल तातेको छ ।

संघीय मामिला मन्त्रालयले युएसएआईडीलाई काफ्लेको भिषा रद्ध गर्न पत्र पठाएको विषयमा अहिले बाराको खासगरी जीतपुरसिमरामा सामाजिक सञ्जालदेखी चौकचौराहमा पक्ष र विपक्षमा चर्चा,बहस शुरु भएको हो ।

नगर सभा सम्पन्न गर्नमा नगर प्रमुखलाई साथ दिएको भन्दै विपक्षीहरुले मन्त्रीको सोर्सफोर्समा भिसा लागिसकेको प्रमुख प्रशासकिय अधिकृत काफ्लेको भ्रमण राजनीतिक पूर्वाग्रह साँधेर मन्त्रालयले उनको भ्रमण अन्तिम समयमा रद्ध गरिदिएको आरोप छ । प्रमुख प्रशासकीय अधिकृत काफ्लेको भ्रमण रद्ध भएपछि एमालेबाट निर्वाचित केही वडा अध्यक्षहरु सामाजिक सञ्जालबाट खुसी ब्यक्त गरेका छन ।

यता नगरप्रमुख राजन पौडेलले आफनो पेस बुक पेजमा लेख्दै “मन्त्रीको एक ऐतिहासिक निर्णय म सँगको राजनितीक पुर्वाग्रहमा भिसा लागि सकेको एक जना महिला प्रमुख प्रशासकीय अधिकृतको मनोनय रद्ध ˮ भन्नेर लेख्नुएका छ ।

एमालेबाट निर्वाचित वडा नं.१६ का वडा अध्यक्ष हरिदेव खरेलले आफनो फेस बुक पेजमा “मन्त्री ज्युले छलफलको लागि मन्त्रालय बोलाउँदा को हो त्यो मन्त्री भन्दै अपमान गरि बेवास्ता गर्ने प्रमुख प्रशासकिय अधिकृत जी निराश बन्दै आज त हार गुहार गर्न नगर प्रमुख सहितको दलबल लिएर मन्त्रालय पुग्नुभएछ जय होस ।बार्ता सकरात्मक होस् । ˮ भन्नेर लेख्नुभएको छ ।

संयुक्त राज्य अमेरिकामा आयोजना हुन लागेको ४ दिने कार्यक्रमका लागि जान लागेकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको भ्रमण नेकपा एमाले कोटाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका राजकुमार गुप्ताले राजनीतिक पूर्वाग्रह राखेर भ्रमण रद्ध गरिदिएका हुन सक्ने आर्श ।

अर्थ मन्त्रालय स्रोतकाअनुसार यूएसडएडको कार्यक्रममा भाग लिन १२ जना अमेरिकातर्फ जाने कार्यक्रम थियो । दुई जनाको भीसा आएन । भीसा आएको प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको भ्रमण रद्ध गरिदिएका हुन ।

उनको भ्रमण रद्ध हुनुपर्ने एउटै कारण हो, उनी मेयरसँग नजिक हुनु, मेयरप्रति उत्तरदायी हुनु । यूएसएडद्धारा दिन लागिएको पव्लिक फिनान्सियल म्यानेजम्याण्ड बिषयक चार दिने ट्रेनिङ कार्यक्रमका लागि काफ्लेलाई मन्त्रालयले गत महिना अर्थात साउन ६ गते मनोनयन गरेको थियो तर कार्यक्रममा जानका लागि सम्पूर्ण तयारी गरिसकेकी काफ्लेलाई मन्त्रालयले अन्तिम समयमा आएर भदौं १८ गते मन्त्रिस्तरीय निर्णयबाट उनको भ्रमण रद्ध गरिदिएको हो ।

काफ्ले मधेश प्रदेशमा १३६ वटा स्थानीय तहमध्ये एक्लो महिला प्रमुख प्रशासकीय अधिकृत हुन । उनलाई तीन महिना नपुग्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्री निर्देशनमा हटाइएको छ ।

जबकी संघीय मामिला मन्त्रालयले सामान्यतय २ वर्षमा मात्र प्रमुख प्रशासकीय अधिकृत सरुवा गर्ने गरी सरुवासम्वन्धि मापदण्डको मस्यौदा तयार पारेको छ । तर उक्त मस्यौदाको खिल्ली उडाउँदै उनलाई फालिएको आरोप छ ।

रञ्जन यादव

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न