उपभोक्ता हित संरक्षण मञ्चद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन

साझेदारी दैनिक
साझेदारी दैनिक 88 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

पर्साका प्रमुख जिल्ला अधिकारीलाई उपभोक्ता हित संरक्षण मञ्च पर्साले आईतबार ज्ञापन पत्र बुझाएको छ ।

चाडपर्व नजिकिदै गएको बेलामा संयुक्त बजार अनुगमन समिति बनाउनुपर्ने लगायतका माँगहरु राख्दै प्रजिअ दिनेश सागर भुसाललाई ज्ञापन पत्र मञ्चले बुझाएको हो ।

जिल्लामा रहेका पानी उद्योग तथा डेरि उद्योगहरु सम्बन्धित निकायले जारि गरेका निर्देशिका बमोजिम चलेका छन छैनन् भन्ने अनुगमन गर्नुपर्ने माग ज्ञापनपत्रमा गरिएको छ ।

उपभोक्ता शिक्षाका नाममा आएका बजेटहरु कहाँ कसरी खर्च भयो र कति लाभग्राही लाभान्वित भए सार्वजनिक गर्नुपर्ने माग ज्ञापनपत्रमा गरिएको छ ।एउटै उत्पादन मोहरबन्द पानी,माछा–मासुको फरक फरक मूल्य नहुनुपर्ने लगायतका माँगहरु पनि ज्ञापनमा गरिएको छ ।

पर्साका बजारहरुमा दिनानुदिन आम उपभोक्ताहरु पीडित बनिरहदा नियामक निकायहरुलाई नियमित रुपमा विभिन्न क्षेत्रहरुमा अनुगमन गर्न आग्रह गर्दा समेत अनुगमन नियमित र प्रभावकारी हुन नसकेकोले बाध्य भएर ज्ञापन बुझाइएको मञ्चका पर्सा अध्यक्ष सुनिल श्रेष्ठले जानकारी दिएका छन् ।

जिल्लामा केहि निकायहरुले एक्लाएक्लै सुटुक्क बजार अनुगमन गर्न जानुको पछाडिको कारण के भनि ज्ञापनमार्फत सोधिएको उनले बताए ।

ज्ञापन पत्र पछि प्रजिअ भुसालसहित पर्साका प्रहरी उपरीक्षक,उपभोक्ता हित तथा वाणिज्य कार्यालय,घरेलु तथा साना उद्योग कार्यालय,नापतौल कार्यालयका प्रतिनिधिहरुसित भएको छलफल समेत भएको थियो ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न