प्रमुख प्रशासकीय अधिकृत माथि दुव्र्यवहार भएको भन्दै कर्मचारीहरुद्वारा गरिने पेन डाउन

रञ्जन यादव
रञ्जन यादव 77 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत माथी दुव्र्यवहार भएको भन्दै कर्मचारीहरुले बिरोध स्वरुप पेन डाउन गर्ने भएका छन् ।

प्रमुख प्रशासकिय अधिकृत माथी नेकपा एमालेबाट निर्वाचित केहि वडा अध्यक्ष सहितको जनप्रतिनिधिले प्रमुख प्रशासकीय अधिकृत माथि दुव्र्यवहार गरेका थिए । कर्मचारी सरुवा गरेको भन्दै उनको कार्यकक्षमै गएर दुव्र्यवहार गरेका थिए । उपमहानगरपालिकाको कर्मचारीहरुले भदौ १७ गते सोमबार देखि पेनडाउन गर्ने चेतावनी दिएका हुन् ।

उपमहानगर प्रमुख राजन पौडेललाई उपमहानगरपालिकामा कार्यरत ज्ञापन पत्र बुझाएको छन् । प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्ले माथी जनप्रतिनिधिहरुले दुव्र्यवहार गरेको हुनाले आफुहरु असुरक्षित रहेको भन्दै कर्मचारीहरुले नगरप्रमुख पौडेललाई ज्ञापन पत्र बुझाएको वडा सचिव झलक भट्टराईले जानकारी दिए ।

संविधानको भावना र मर्मलाई आत्मसात गर्दै सेवामा दिन रात नभनि सेवा प्रदान गर्ने कर्मचारीको सेवामा यसरी बढ्दै गएको असुरक्षाले कर्मचारीको सेवा प्रवाह कमजोर र कठिन हुँदै जाने विषयमा दुई मत नरहेको विज्ञप्तिमा लेखिएकोे छ ।

प्रमुख प्रशासकीय अधिकृत काफ्ले माथी भएको दुव्र्यवहारको घटनाले हामी सम्पूर्ण कर्मचारीहरु असुरक्षित भएको र निर्धक्क भई जनताको सेवा प्रवाह गर्ने अवस्था नरहेको भन्दै १७ गते देखि अति आवश्यक सेवा बाहेक सम्पूर्ण सेवा दिन बन्द गर्ने कर्मचारीहरुले ज्ञापन पत्र मार्फत नगरप्रमुखलाई जानकारी गराएका छन् ।

वडा सचिवहरुको आन्तरिक सरुवा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ को उपदफा २०५० बमोजिम गरिएको विषयमा कुन कानून/कार्यविधिमा टेकी मनपरि ढङ्गबाट गरिएको भनि कार्यालय भित्र अशोभनीय रुपमा प्रमुख प्रशासकीय अधिकृतलाई गालिगलौज गर्नु अत्यन्तै खेदजनक रहेको विज्ञप्तिमा उल्लेख छ ।

अगामि दिनमा कार्यस्थलमा सुरक्षाको प्रत्याभूति दिलाउन,सेवामा सहज काम गर्ने सहज बातावरण बनाउन एवं भयरहित वातावरणमा सेवा प्रदान गर्ने सुनिश्चितता नभएसम्मका लागि भदौं १७ गते देखि यस उपमहानगरपालिका तथा उपमहानगरपालिका मातहतका कार्यालयहरुबाट प्रदान गरिने आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिने र यस बाट सेवाग्राहिमा पर्न जाने असुविधा प्रति स्वयं जनप्रतिनिधिहरुनै जिम्मेवार रहने विज्ञप्तिमा लेखिएको छ।

रञ्जन यादव

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न