कलैया,१४ भदौ । कोल्हवीमा किशोरी आत्म रक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
बाराको कोल्हवी नगरपालिका-८ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालय नयाँबस्तीमा समाजमा भैई रहेको किशोरी हिंसालाई मध्य गर्दै शुक्रबार एक कार्यक्रम बिच किशोरी आत्म रक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
पछिल्लो समय महिलाहरू असुरक्षित बन्दै गएको र उनीहरूको आत्मबल बढाउने उद्देश्यले सोही बिधालयमा पढ्ने २०६८ एस.एल.सि ब्याचका पुर्व बिद्यार्थी सुभाष बस्नेतले तालिम आयोजना गरेका हुन् ।
आफूले जानेको अनुभव अनि आफ्नो प्रशिक्षण कुनै संस्था कुनै राजनैतिक हिसाबमा नभइ ब्यक्तिगत तर्फ बाट आफैले आफ्नो स्कुलका किशोरीहरुमा केहि ज्ञान दिनु पर्छ भन्ने सोचले यस प्रशिक्षण कार्यक्रम सचालन गरिएको उनले बताए ।
उक्त तालिममा किशोरीहरूले घरेलु हिंसा,साथीभाइबाट हुने हिंसा,सहकर्मीबाट हुने हिंसा,शिक्षक वा गुरुबाट हुने हिंसा,पारिवारिक हिंसालगायत अन्य विभिन्न किसिमका हिंसालाई कसरी पहिचान गर्ने र त्यसबाट कसरी आफ्नो बचाउ गर्ने विषयमा राष्ट्रिय खेलाडी पार्बती बस्नेतले प्रशिक्षण दिएकी थिइन् ।
सो तालिममा कक्षा ७ देखि कक्षा १० सम्मका ८० जना किशोरीको सहभागिता रहेको आयोजक सुभाष बस्नेतले बताएका छन् ।
सो कार्यक्रममा बिद्यालयका प्रध्यानध्यापक,बिध्यालय व्यवस्थापन समितिका अध्यक्ष,शिक्षक,किशोरीहरु लगायतको उपस्तिथि रहेको थियोे ।