जीतपुरसिमरामा कर्मचारी सरुवाको विषयमा प्रमुख प्रशासकीय अधिकृत र वडाअध्यक्षवीच भनाभन

रञ्जन यादव
रञ्जन यादव 84 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

जीतपुर,१४ भदौ । जीतपुरसिमरा उपमहानगरपालिकामा आफु अनुकुलको कर्मचारी सरुवा गरेको भन्दै नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु प्रमुख प्रशासकिय अधिकृतलाई विहीवार घेराबन्दी गरेका छन् ।

उनीहरुले उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेलाई करिब ६ घण्टा कार्यालयमै घेराबन्दी गरि राखेका थिए । प्रमुख प्रशासकीय अधिकृत काफ्लेलाई प्रहरीले ६ घण्टापछि कार्यालयबाट उदार गरेको थियो ।

वडा सचिवको सरुवा र शाखामा कार्यरत केही कर्मचारीको जिम्मेवारी हेरफेर गरेको भन्दै एमालेबाट निर्वाचित वडा अध्यक्ष सहितको जनप्रतिनिधिहरु प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रोसित भएका हुन् ।

एमालेबाट निर्वाचित वडा नं.१४ कि वडा अध्यक्ष चयन गुरुङ्गले प्रमुख प्रशासकीय अधिकृत काफ्लेलाई सरुवाको निर्णय बदर गर्नुस वा जुन बाटोबाट आउँनुभाछ त्यही बाटो जानुस भनेकी थिईन् । त्यस्तै वडा नं.८ का वडा सदस्य गंगा पटेलले प्रमुख प्रशासकीय अधिकृत काफ्लेलाई तपाईको सरुवा हुँदा किन नगएर अदालतमा मुद्धा गरेको भन्दै प्रतिप्रश्न गर्दै हप्काएका थिए ।

प्रमुख प्रशासकीय अधिकृत काफ्लेले उपमहानगरपालिकाको कार्यपालिका बैठकबाट सरुवाको निर्णय बदर गर्ने निर्णय गरेपछि आफुले सरुवा रोक्ने बताएकी छन् । यता जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले नगरपालिकालाई लथालिङ्ग बनाउँन र प्रमुख प्रशासकीय अधिकृतको काममा बाधा सिर्जना गर्ने उदेश्यले एमालेबाट निर्वाचित वडा अध्यक्ष सहितका जनप्रतिनिधिहरुले गरिरहेको बताए ।

आफै उपमहानगरनगरपालिकाको खाता सञ्चालन नगर्न अधिकार क्षेत्र भन्दा बाहिर गएर निर्देशन दिने ,भुक्तानी गर्न लागेको लेखा अधिकृत र प्रमुख प्रशासकीय अधिकृतलाई भुक्तानी गरिस् भन्ने राम्रो हुँदैन् भन्ने डर,धम्की देखाउँने वास्तिवक चरित्र उनीहरुको जनताले बुझिसकेको नगर प्रमुख पौडेल बताएका छन् ।

नगरपालिकाको नगरसभा बिरुद्ध आफै अदालतमा गएर मुद्धा गर्ने अनि अदालतमा मुद्धाहरु बिचारधिन रहेको अवस्थामा पनि धैर्यधारण गर्ननसक्नु लज्जाको बिषय भएको नगरप्रमुख पौडेलले प्रतिकृया दिएका छन ।

रञ्जन यादव

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न