एक करोड भन्दा बढी सामान लोड रहेको ट्रक प्रहरी नियन्त्रणमा

साझेदारी दैनिक
साझेदारी दैनिक 90 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

राजश्व छली गरेको आरोपमा दुई वटा ट्रक नियन्त्रणमा लिइ पर्सा प्रहरीले राजश्व अनुसन्धान कार्यालयमा बुझाएको छ ।

दुई वटा ट्रकमा एक करोड भन्दा बढी सामान लोड रहेको सामान प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले वीरगञ्ज महानगरपालिका–८ घण्टाघर स्थित प्र.७–०१–००१ ख ३०८८ र ना.३ ख ५१६५ नम्बरको मालबाहक ट्रकलाई रोकेर जाँच गरेको थियो ।

जाँचको क्रममा उक्त ट्रकमा लोड रहेको एक करोड ३१ लाख १५ हजार ६९८ रुपैया बराबरको कपडा औषधी तथा खुद्रा मालबस्तुहरू बिल बिजक भन्दा बढी भएको पाइएको छ ।

नियन्त्रणमा लिइएको सामानहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्साका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक भारतीले साझेदारी दैनिकलाई जानकारी दिए ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न