वीरगञ्ज भन्सारको चालु आ.ब.को पहिलो महिनामा २८ प्रतिशतले राजश्व संकलनमा गिरावट

राम मण्डल
राम मण्डल 79 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

वीरगञ्ज,१२ भदौ । चालु आर्थिक वर्ष ०८१/८२ को पहिलो महिना साउनमा १२ अर्ब भन्दा बढी राजश्व वीरगञ्ज भन्सार कार्यालयले संकलन गरेको छ ।

साउन महिनामा कुल १२ अर्ब १६ करोड ३२ लाख ५८ हजार बराबरको राजश्व संकलन गरेको हो । साउनमा आयातबाट चार अर्ब ९७ करोड ५२ लाख ३८ हजार राजश्व संकलन भएको छ ।

मूल्य अभिवृद्धि करबाट चार अर्ब ५८ करोड ५६ हजार राजश्व संकलन भएको छ ।अन्तः शुल्कबाट ९४ करोड ४१ लाख ९१ हजार राजश्व संकलन भएको छ ।

साउन महिनामा भन्सार विभागले दिएको राजश्व लक्ष्य भन्दा भने २८ प्रतिशतले कम रहेको हो ।साउन महिनामा बिभागले वीरगञ्ज भन्सारलाई १६ अर्ब ८६ करोड ८७ लाख ४० हजार राजश्व उठाउन लक्ष्य दिएको थियो ।

साउन महिनामा सबै भन्दा बढी वीरगञ्ज भन्सारबाट पेट्रोलियम पदार्थ डिजेल,पेट्रोल आयात भएको पाइएको छ । सो नाका भएर मोटरसाईकल,एलपि ग्याँस,जिप कार भ्यान लगायतका बस्तुहरु मुख्य रुपमा आयात भएका छन् ।

जुस जाम,फलामे पाता,पिना,जमोठ कपडा लगायतका बस्तुहरु निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयले जानकारी दिएको छ ।

राम मण्डल

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न