पोखरीमा सबै माछा मरेपछि १० लाखभन्दा बढीको क्षति

संदिप प्रसाद यादव
संदिप प्रसाद यादव 105 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

कलैया,१२ भदौ । बाराको कलैया उपमहानगरपालिकाको वडा नम्बर १० मा रहेका एक माछा पोखरीमा सवै माछाहरु मेरेका छन ।

एक किसानको पोखरीमा रहेका एउटा पोखरीमा रहेको सबै माछा मरेपछि १० लाखभन्दा बढीको क्षति भएको छ। वडा नम्बर १० निलकण्ठवामा रहेको माछा पोखरीमा लगभग १० क्विन्टल भन्दा बढि माछा सोमबार मरेपछि उक्त पोखरीका ठेकेदार दशैँ ठाकुर लोहार चिन्तामा डुबेका छन् ।

उनले ठेक्कामा लिएकोपोखरीमा राखिएको ग्रास,रोहु,बरारी र बिग्रेट जस्ता माछाहरू मरेपछि चिन्तामा डुबेका हुन्। मरेका सबै माछाहरूको वजन ५०० ग्राम देखि डेढ किलो सम्म रहेको ठाकुर बताए ।

पोखरीमा मरेका माछाहरू मध्ये एउटा बरारीको वजन अन्दाजी ६÷७ किलो रहेको पाइएको वडा नं १० का पुर्व वडा अध्यक्ष शंकर प्रसाद गुप्ताले जानकारी दिनुभयो । उक्त पोखरीको लगभग १० क्विन्टल माछाहरू सोमबार मरेको र १० लाखभन्दा बढीको क्षति भएको पुर्व वडा अध्यक्ष गुप्ताले बताए।

यस्तै अचानक एकैपटक सबै माछाहरू मरेपछि कसैले विष हालिदिएको भन्ने शंका पोखरीका अर्का ठेकेदार असर्फी सहनीले आशंका व्यक्त गरेका छन ।

ठाकुले भने “प्राकृतिक वा वातवरणीय कारणले माछाहरू मरेको भए एकदिनमा १०÷२० वटा मर्थे तर एकैदिन यति माछा बिना कुनै कारण मर्नु भन्ने कुरा शंकाको विषय हो। यो कसैले रिसले विष हालिदिएको जस्तो देखिन्छ।“

यस्तै सोमबार पनि बाँकी रहेको सबै माछाहरु मरेपछि ठेकेदार ठाकुर माथि दुखको पहाड खसेको छ। भरखरै बैशाखमा दुईजनाले कर्जा र केही आफ्नो घरबाट पैसा लगाएर २० लाख ६६ हजारमा पोखरीको ठेक्का सम्झौता गरेका थिए ।

माछा मरेपछि वडा नं १० का वडा अध्यक्ष महमद साबिरले सक्दो सहयोग गर्ने विस्वास दिलाउनु भएको छ। पोखरीको पानी पनि परिक्षणको लागि कलैया पठाइएको ठेकेदार ठाकुरले साझेदारीलाई बताएका छन

संदिप प्रसाद यादव

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न