लागु औषध सहित युवती पक्राउ

साझेदारी दैनिक
साझेदारी दैनिक 75 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

वीरगञ्ज :लागु औषध सहित वीरगञ्जबाट पर्सा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मकवानपुर हेटौडा उपमहानगरपालिका–११ भर्यांङटोल बस्ने २३ बर्षिय सुस्मिता परियार रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं.१६ वीरगञ्ज भन्सार कार्यालय गेट स्थित सडकखण्डमा प्रहरी चौकी ईनर्वा र सशस्त्र प्रहरी वल पर्साबाट खटिएको संयुक्त चेकिङ टोलीले जाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेकी परियारको साथबाट तिघ्रामा लुकाएर ल्याएको अवस्थामा लागुऔषध डाईजोपाम १० एम्पुल,फेनारगन दस र नुर्फिन दस गरि तीस एम्पुल बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता डिएसपी दिपक भारतीले साझेदारी दैनिकलाई जानकारी दिए ।

पक्राउ परेकी उनलाई लागु औषध सम्बन्धी कसूरमा जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरि कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न