प्रबिधिमा पहुँच कार्यक्रम अन्तर्गत लघु उद्यमीलाई प्रबिधि हस्तान्तरण

रञ्जन यादव
रञ्जन यादव 76 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

अमलेखगञ्ज लघु उद्यमी समूहलाई प्रबिधिमा पहुँच कार्यक्रम अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिकाले प्रविधि हस्तान्तरण गरेको छ ।

नगर प्रमुख राजन पौडेलले दूध संकलन तथा बिक्रिकोलागि आवश्यक सामग्रीहरु लघु उद्यमी समूहलाई हस्तान्तरण गरेका हुन् ।

उपमहानगरपालिका वडा नं.२१ अमलेखगञ्जका गाई पालक किसानहरुलाई दूध संकलन तथा बिक्रि गर्न सहज होस् भन्ने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको उपमहानगरपालिकाको बरिष्ठ सहजकर्ता दिपनारायण रायले जानकारी दिए ।

गरिबी निवारणकोलागि लघु उद्यम विकास कार्यक्रम(मेड्पा) अन्तर्गत सामग्री हस्तान्तरण गरिएको उनले बताए । हस्तान्तरण सामग्रीमा २५० सय लिटरको डि. फ्रिजर एक थान हस्तान्तरण गरिएको हो ।

४० लिटरको मिल्क क्यान दुई थान र १० लिटरको मिल्क क्यान पाँच थान रहेको छ । त्यस्तै नगर प्रमुख पौडेलले अमलेखगंज लघु उद्यमी समूहद्वारा सञ्चालित अमलेखगञ्ज दुग्ध संकलन तथा बिक्रि केन्द्रको रिबन काटेर उद्घाटन गरेका हुन् ।

रञ्जन यादव

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न