जनमत पार्टीद्वारा गरियो अन्तरक्रिया

साझेदारी दैनिक
साझेदारी दैनिक 108 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया । जनमत पार्टीको आयोजनामा बाराको सिम्रौनगढमा शुक्रबार अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

सिम्रौनगढ विकास एवम् सुशासन सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो। सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ स्थित नगरपालिकाको सभाहलमा भएको उक्त कार्यक्रममा सिम्रौनगढ नगर परिषदको सम्बन्धमा छलफल गरेको हो ।

सो अन्तरक्रियामा शिक्षा,स्वास्थ्य,कृषि,खानेपानी,पर्यटन,आदि बिषयको लागि यही भदौ १५ गते शनिवार मेयर,उपमेयर र वडा अध्यक्षहरुको साथ सार्बजनिक सुनवाई गर्ने बारेमा छलफल भएको हो ।

सार्वजनिक सुनवाई कार्यक्रमको लागी सिम्रौनगढ नागरिक समाज र नेपाल उघोग वाणिज्य सघ सिम्रौनगढको आयोजनामा गर्ने लगायतको बारेमा छलफल गरिएको थियो । उक्त कार्यक्रममा नागरिक समाजका अरबिन्द कुशवाहा,वीरबहादुर कुशवाहा,हरेन्द्र यादब,रामेश्वर मेहता,सुजित कुशवाहा,संजय साह,सन्तोष पटेल,नवल किशोर पटेल लगायतकाको विशेष सहभागिता रहेको हो ।

उक्त अवसरमा नागरिक समाजको सिम्रौनगढका संयोजक अरबिन्द कुशवाहा,बीरबहादुर कुशवाहा,मोहन अग्रहरी,उघोग वाणिज्य सघ सिम्रौनगढका अध्यक्ष लालबाबु कुशवाहा,नेकपा एसका रमेश पञ्जाली,नवलकिशोर पटेल,जनमत पार्टी बिद्यार्थी सघ बाराका संयोजक संजय साह,सन्तोष पटेल,आर के राईटर,नितु कर्ण,हरेन्द्र यादव लगायतको सहभागिता रहेको थियो ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न