दुर्घटनामा सर्केगाड गाउँपालिकाका उपाध्यक्ष कार्कीको निधन

रासस
रासस 75 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमकोट (हुम्ला),४ भदौः सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सवारी दुर्घटनामा निधन भएको छ ।

सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको कर्णाली प्रदेश०२००१ख १०११ नम्बरको फोर्स गाडी सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ एमाले मोडमा दुर्घटना हुँदा उहाँ सख्त घाइते हुनुभएको थियो ।

नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा उपाध्यक्ष कार्कीको गए राति निधन भएको अस्पतालले जनाएको छ ।

उहाँ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को तर्फबाट गत स्थानीय तह निर्वाचनमा उपाध्यक्ष पदमा निर्वाचत हुनुभएको थियो ।

रासस

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न