प्रतिबन्धित लागू औषध औषधि सहित दुई जना पक्राउ

संदिप प्रसाद यादव
संदिप प्रसाद यादव 80 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा प्रहरीले प्रतिबन्धित लागू औषध औषधि सहित दुई जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय सिमरा र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगंज पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्लाको जीतपुर सिमरा उप–महानगरपालिका वडा नम्बर २ सिमरा चौक स्थितमा हिडिरहेको पैदल यात्रु शंकास्पद लागी रोकी जाँच गर्ने क्रममा प्रतिबन्धित लागू औषध औषधि सहित दुई जना पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्साको वीरगंज महानगरपालिका ५ बस्ने अन्दाजी ४६ वर्षीय विजय जैसवाल र सोही जिल्लाको छिपहरमाई गाउँपालिका ५ बस्ने ४५ अन्दाजी मेघनाथ महतो रहेको प्रहरीले जनाएको छ ।

पिठ्यूमा बोकेको कालो झोला भित्र लुकाई छिपाई राखेको प्रतिबन्धित लागू औषध सहित उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट फेनारगन – २ सय पिस,लुफिन –२ सय पिस र डाईजोपान– २ सय पिस बरामद गरेको छ ।

उक्त दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रकृया अगाडी बढाईएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन् ।

संदिप प्रसाद यादव

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न