ठुलो परिमाणमा रहेको लागुऔषध चरेश र प्रतिबन्धित गाँजा सहित पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
चरेश र प्रतिबन्धित गाँजासहित कालिकामाई गाउँपालिका–१ मुडली बस्ने ४० वर्षीय फुलसरिफ मियाँलाई प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले पटेर्वा सुगौली गाउँपालिका–४ अकवा टोलको बाँसघारीबाट मियाँलाई नियन्त्रणमा लिदा उनको साथबाट ३० किलो गाँजा बरामद भएको थियो ।
उनीसित सोधपुछ गर्दा सोही बाँसघारीमा खाल्डो खनेर बोरामा लुकाई राखिएको अवस्थामा एक क्विन्टल ९२ किलो चरेश र गाँजाको धुलो दुई क्विन्टल ६७ किलो समेत बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता(डिएसपी) दिपक भारतीले साझेदारी दैनिकलाई जानकारी दिए ।
पक्राउ परेका मियाँलाई लागु औषध कसूरमा थप अनुसन्धान भईरहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।