भारतको स्वतन्त्रता दिवसको अवसरमा सीमा क्षेत्रमा झण्डोत्सव

साझेदारी दैनिक
साझेदारी दैनिक 109 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

छिमेकी मित्रराष्ट्र भारतको ७८औं स्वतन्त्रता दिवसको अवसरमा सीमानाकामा पनि मनाइएको छ ।

नेपाल–भारत सीमानाकामा भारतको स्वतन्त्रता दिवस मनाईएको हो । धनुषाको जटही सीमा पोस्टमा बिहीवार झण्डा फहराएर उक्त दिवस मनाईएको हो ।

जटही सीमा नाकास्थित सशस्त्र सीमा बल जटही पिपरौन चेक पोस्टमा झण्डा फहराएर स्वतन्त्रता दिवस मनाइएको जनाईएको छ ।

यसैगरी सीमा सुरक्षा बलको ४८ वि बाहिनी पिपरौन कार्यालय,अस्पताल,प्रहरी चौकी,हाईस्कुल,बैंक,हुलाक कार्यालय,इन्स्पेक्टरको कार्यालयलगायत सरकारी तथा गैरसरकारी कार्यालयमा यो क्षेत्रमा झण्डा फहराई भारतको स्वतन्त्रता दिवस मनाइएको छ ।

सीमा सुरक्षा बलको ४८ वि बाहिनी पिपरौन कार्यालयका प्रमुख सुनिल दत्तको अध्यक्षतामा भएको झण्डोत्सव कार्यक्रममा नेपाल–भारत खुला सीमा सम्वाद समूहका अध्यक्ष तथा राष्ट्रिय मुक्ति क्रान्ति अभियानका नेता डा.राजीव झा र बाहिनीका प्रमुख इन्सपेक्टर दत्तले संयुक्तरूपमा नेपाल–भारतको सीमा जटहीमा भारतको झण्डा फहराइएको थियो ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न