जीतपुरसिमरामा राजनितीक चञ्गुलमा शिक्षक शिक्षिका,वडा अध्यक्षले तीन महिनासम्म शिक्षिकालाई हाजिरी गर्न दिएनन्

रञ्जन यादव
रञ्जन यादव 110 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय सिमरामा वडा अध्यक्षले एक शिक्षिकालाई करिब तिन महिनादेखि हाजिरी गर्न दिएका छैनन् ।

मङ्गलबार हाजरी गर्न गएकी मा.बि. द्धितीय श्रेणीका शिक्षिका सिता अधिकारीलाई वडा अध्यक्ष धनबहादुर श्रेष्ठले हाजिरी पुस्तिका खोसेर दुब्र्यवहार समेत गरेको पिडित शिक्षिका अधिकारीले जानकारी दिईन ।

शिक्षिका अधिकारीलाई बिद्यालयमा दुव्र्यहार गरेर हाजिरी गर्न नदिएको खबर थाहा पाएर बिद्यालयमा पुगेका नगर प्रमुख राजन पौडेल र वडा अध्यक्ष श्रेष्ठबीच घम्साघम्सी समेत भएको थियो ।
मेयर पौडेलले शिक्षक अधिकारीको हातबाट किन हाजिरी रजिस्टर खोसिएको भन्दै प्रश्न गरेपछि वडाअध्यक्ष श्रेष्ठ र मेयर पौडलबिच घम्साघम्सी भएको थियो ।

वडा अध्यक्ष श्रेष्ठले शिक्षिका सिता अधिकारीलाई बिद्यालयमा हाजिरी नगराउँने अडान राख्दै आएका छन् ।

श्री नेरा मा.बि. सिमराका प्रधानाध्यापक शंकर अचार्यले हाजिरी गराइसकेको शिक्षकलाई हाजिरी गर्न तथा कक्षा पढाउनबाट रोक्न नमिल्ने बताउँदै हाजिरी रजिस्टर मागेपछि वडाअध्यक्ष श्रेष्ठ र मेयर पौडेलबिच विवाद भएको जनाइएको छ । विवाद उग्र हुँदा वडाअध्यक्ष श्रेष्ठ र मेयर पौडेलबिच केही समय घम्साघम्सीसमेत भएको थियो ।

गत जेठ १७ गते नगर शिक्षा समितिले दरबन्दी मिलान तथा व्यवस्थापनको निर्णय अनुसार शिक्षिका अधिकारीलाई जीतपुरबाट श्री नेरामाबि.सिमरामा सरुवा गरेको थियो ।

सरुवा निर्णयको भोलीपल्टै उपमहानगरले स्कुललाई पत्रचार गरेर हाजिरी गराउन निर्देशन समेत दिइसकेको थियो ।तर यही बेलामा वडाअध्यक्ष श्रेष्ठले भने विद्यालय व्यवस्थापन समितिसँग शिक्षक अधिकारीलाई स्कुलमा हाजिरी नगराउने निर्णय गराएका थिए । त्यस्तो निर्णयको सामना गर्दै प्रधानाध्यापक अचार्यले भने उनलाई ६ असारमा हाजिरी गराएका थिए ।

शिक्षक अधिकारीलाई स्कुलमा हाजिरी गराएपनि व्यवस्थापन समिति तथा वडाअध्यक्षले कक्षामा पढाउन नदिने र हाजिरी लुकाइदिने जस्ता गतिविधि गर्दै आइरहेको आरोप छ । प्रधानध्यापक अचार्यलाई शिक्षिका अधिकारीलाई बिद्यालयमा हाजिरी गराउन नगरप्रमुख पौडेलले निर्देशन दिने तर वडा अध्यक्ष श्रेष्ठले हाजिरी नगराउँन दबाब दिँदै आएका छन् ।

रञ्जन यादव

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न