साढे चार हजार गोटा नियन्त्रित लागु औषध सहित भारतीय दम्पति पक्राउ

साझेदारी दैनिक
साझेदारी दैनिक 97 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

नियन्त्रित लागु औषध सहित भारतीय दम्पतिलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–१६ स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा जाँचको क्रममा लागु औषध सहित भारतीय दम्पतिलाई प्रहरीले पक्राउ गरेको हो ।

भारत विहार जिल्ला मोतीहारी सकराहा थाना वडा नम्बर ९ बस्ने ३५ वर्षीय धुरेन्द्र राम र उनकी श्रीमती ३२ वर्षीया मधु देवीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुबैजनाको साथबाट प्रहरीले थ्रोमा–५० लेखिएको चार हजार ४८० गोटा ट्याब्लेट र काटेको २४ पिस ट्याब्लेट गरी जम्मा चार हजार ५०४ गोटा ट्याबलेट बरामद गरेको छ ।

लागु औष बरामद भएपछि श्रीमान श्रीमतीलाई नियन्त्रणमा लिई दुबैजना बिरुद्ध लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रबक्ता दिपक भारतीले साझेदारी दैनिकलाई जानकारी दिए ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न