चार करोड छयासी लाख चौबीस हजार आठ सयको ईलेक्ट्रोनिक भेप बरामद

साझेदारी दैनिक
साझेदारी दैनिक 131 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

चार करोड ८६ लाख २४ हजार आठ सय रुपैयाँ बराबरको ईलेक्ट्रोनिक भेप पर्सा प्रहरीले वीरगञ्जबाट बरामद गरेको छ ।

वीरगञ्ज महानगरपालिका–६ बस्ने राम प्रसाद बैरेको पकी घरकोठामा भण्डारण गरी राखिएको अवस्थामा उक्त ईलेक्ट्रोनिक भेप प्रहरी द्वारा बरामद गरिएको हो ।

बरैको घरमा कोठा भाडामा लिई भारत विहार बस्ने सुदामा प्रसादले अनाधिकृत रूपमा भण्डारण गरी राखेको अवस्थामा एल्फबर राया डी३ २५हजार प्फस ७६ कार्टुन ईलेक्ट्रोनिक भेप प्रहरीले बरामद गरेको हो ।

बरामद गरिएको ईलेक्ट्रोनिक भेप १५ हजार दुई सय पिस रहेको छ । त्यसको बजार मूल्य चार करोड ८६ लाख २४ हजार आठ सय बराबरको रहेको पर्साका प्रहरी प्रबक्ता (डिएसपी) दिपक भारतीले साझेदारी दैनिकलाई जानकारी दिए ।

बरामद ईलेक्ट्रोनिक भेपलाई प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भईरहेको पर्सा प्रहरीले जानकारी दिएको छ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न