वीरगञ्ज भन्सारद्वारा गत आर्थिक बर्ष ०८०/८१ मा लक्ष्य भन्दा ३६ प्रतिशत कम राजश्व संकलन

राम मण्डल
राम मण्डल 85 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

देशकै मुख्य भन्सार नाका वीरगञ्ज भन्सार कार्यालयले गत आर्थिक बर्षमा पनि लक्ष्य अनुसारको राजश्व सँलकन गर्न असफल भएको छ ।

आर्थिक नगरी वीरगञ्जमा रहेको यो भन्सार कार्यालयले गत आर्थिक बर्ष ०८०/८१ मा भन्सार बिभागबाट पाएको लक्ष्य अनुसारको राजश्व संकलन गर्न नसकेको हो । बितेको आवमा वीरगञ्ज भन्सार कार्यालयले एक खर्ब ५७ अर्ब ४० करोड ३१ लाख २८ हजार मात्रै राजश्व संकलन गर्न सकेको छ । जुन बिभागले भन्सारलाई दिएको लक्ष्य भन्दा कम हो ।

गत आबमा वीरगञ्ज भन्सालाई भन्सार बिभागले २ खर्ब ४५ अर्ब ८८ करोड ५० लाख ८२ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको थियो ।तर त्यो लक्ष्य अनुसारको राजश्व वीरगञ्ज भन्सार कार्यालयले राजश्व उठाउन नसकेको हो । वीरगञ्ज भन्सार कार्यालउ उठाएको राजश्व रकम लाइ भन्दा ३६ प्रतिशतले कम हो । अर्थात भन्सारले गत आ.ब.जम्मा ६४ प्रतिशत मात्रै राजश्व उठाउन सकेको छ ।

वीरगञ्ज भन्सार कार्यालयले गत आवको बाह्रै महिनामा कुनै पनि महिनामा भन्सार बिभागबाट पाएको लक्ष्य अनुसारको राजश्व संकलन गर्न सकेको छैन । गत आवमा सबै भन्दा बढी ०८१ को असार महिनामा लक्ष्यको ७३ प्रतिशत राजश्व वीरगञ्ज भन्सारले संकलन गरेको थियो ।

यस्तै सबै भन्दा कम ०८० साल कार्तिक महिनामा ५०.५३ प्रतिशत राजश्व भन्सारले गरेको थियो । वीरगञ्ज भन्सार नाकाबाट मुख्य रुपमा डिजेल,मटितेल,एलपी ग्याँस लगायत पेट्रोलियम पदार्थ,औधोगिक कच्चा पदार्थ,जिप कारा भ्यान लगायतका सामानहरु आयात हुने गरेका छन ।

गत आवमा नाकाबाट औधोगिक कच्चा पदार्थको आयातमा कमि आएका कारणले लक्ष्य अनुसारको राजश्व असुली गर्न नसकिएकोे वीरगञ्ज भन्सार कार्यालयका सुचना अधिकारी रघुलाल कर्णले जानकारी दिए ।

भन्सार नाकाबाट औधोगिक कच्चा पदार्थ,पेट्रोलियम पदार्थ,एलपि ग्याँस,जिप कार भ्यान,मोटरसाईकल,कच्च पाम तेल,एम एस स्टिल सिट,एम एस बिलेट लगायतका बस्तुहरु मुख्य रुपमा आयात हुने गर्दछ ।यस्तै नेपालबाट भारत तथा तेस्रो मुलुकहरुमा प्रशोधित पाम तेल,भटमासको तेल प्रशोधित,फलफुलको जुस,जमोठ कपडा,वत्तीसा त्रिफला,कबाजहहरु निर्यात हुदै आएका छन ।

वीरगञ्ज भन्सार कार्यालयले अघिल्लो आर्थिक वर्ष ०७९/०८० मा पनि भन्सार बिभागबाट पाएको राजस्व संकलनको लक्ष्य पूरा गर्न असफल भएको थियो ।यस आँकडा अनुसार बितेको दुई आर्थिक बर्षमा वीरगञ्ज भन्सार कार्यालयले भन्सार बिभागबाट पाएको लक्ष्य अनुसारको राजश्व उठाउन नसकेको हो ।

राम मण्डल

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न