हात्तीको दारासहित पक्राउ परेका तीनै जना पुर्पक्षको लागि जेल चलान

साझेदारी दैनिक
साझेदारी दैनिक 96 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

पर्साको ठोरी गाउँपालिकाबाट हात्तीको दारासहित पक्राउ परेका तीनजना जेल चलान भएका छन् ।

हात्तीको दारासहित पर्साको ठोरी गाउँपालिका–४ बाट पक्राउ परेका तीन जनालाई जिल्ला अदालतले पुर्पक्षको लागि जेल चलान गरेको हो ।

पर्साको ठोरी गाउँपालिका–४ बस्ने कुईसन लामा,वीरगञ्ज महानगरपालिका वडा नम्बर २९ मुसौली बस्ने अमिरीलाल महतो वडा नम्बर १४ पिप्रा बस्ने सुकदेव शर्मालाई जिल्ला अदालतले कारागार चलान गरेको हो ।

तीनैजनालाई अदालतको आदेशले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको पर्सा राष्ट्रिय निकुञ्जका सुचना अधिकारी सन्तोष भगतले साझेदारी दैनिकलाई जानकारी दिए ।

गत असार ७ गते पर्साको ठोरी गाउँपालिका–४ बाट दुई थान हात्तीको दारासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न