पाँच के.जी. गाँजासहित दुई जना पक्राउ

साझेदारी दैनिक
साझेदारी दैनिक 80 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

पाँच किलो गाँजा सहित पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

गाँजासहित पर्सा सखुवा प्रसौनी गाउँपालिका–५ सोलखपुरबाट ना ३८ प १८२५ नम्बरको मोटरसाईकलमा आएको दुई जनाको साथबाट सो गाँजा बरामद गरिएको हो ।

मोटरसाईकलमा सवार भएका पर्सा पर्सागढी नगरपालिका–७ बस्ने ३३ वर्षीय बालेश्वरप्रसाद यादवले आफ्नै शरिरमा लुकाई छिपाई राखेको लागु औषध गाँजा साढे दुई के.जी.बरामद भएको हो ।

मोटरसाइकल पछाडि सवार सोही स्थान बस्ने ५५ वर्षीय देबेन्द्र यादवको साथबाट साढे दुई केजी गरि पाँच केजी बरामद गरिएको पर्सा प्रहरीले जानकारी दिएको छ ।

बरामद गरिएको गाँजासहित दुबैजनालाई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय पोखरियामा राखिएको पर्साका प्रहरी प्रबक्ता (प्रहरी नायब उपरीक्षक) दिपक भारतीले साझेदारी दैनिकलाई जानकारी दिए ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न