कोल्हवीमा जनमत पार्टी नगर कमिटीका पदाधिकारीको सपथ ग्रहण कार्यक्रम सम्पन्न

साझेदारी दैनिक
साझेदारी दैनिक 219 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कोल्हवी,२२ साउन । धिरेन्द्र पनुहर/

बाराको कोल्हवी नगरपालिका वार्ड नम्बर १ बभनी टोलमा जनमत पार्टीको नगर कमिटीका पदाधिकारीको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

बैठकमा नगर अधिवेशनबाट मनोनयन भएका कोल्हवी नगर कमिटीका सम्पुर्ण पदाधिकारीहरुलाइ जिल्ला इन्चार्ज शिवनाथ पटेलले सपथ ग्रहण गराएका हुन् ।

उक्त बैठक जिल्ला इन्चार्ज शिवनाथ पटेलको अध्यक्षतामा भएको थियो भने कार्यक्रममा जनमत पार्टी कोल्हव नगर कमिटीका अध्यक्ष हरिचन्द्र पनुहर,उपाध्यक्ष रबिजल खातुन कोषाध्यक्ष प्रमिला साह,सचिव सोमबहादुर बि क,सदस्यहरु चन्द्रदिप उपाध्याय,सृजा साह कोल्हवी- २ का वटा कमिटी अध्यक्ष दशै चौधरी लगायतकले सपथ ग्रहण गरेका थिए ।

सो कार्यक्रममा जनमत पार्टीका केन्द्रिय सदस्य बिजय गुप्ता,प्रदेश सदस्य युवराज मैनाली,जिल्ला कमिटी सदस्य जमिन अख्तर,सक्रिय सदस्य,साधारण सदस्य,पार्टी प्रति आस्था राख्ने शुभ चिन्तक महिला,बुद्धिजीवी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

सपथ ग्रहण पछि पार्टीको केन्द्रिय सर्कुलर अनुसार यु २४ अभियानलाई कोल्हबी नगरपालिकाको प्रत्येक वडामा संचालन गर्ने सर्वसहमतीबाट निर्णय गरिएको हो ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न