बसठ्ठी हजारको सामान प्रहरी नियन्त्रणमा

साझेदारी दैनिक
साझेदारी दैनिक 92 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

वीरगञ्जका बिभिन्न स्थानबाट पर्सा प्रहरीले ६२ हजार छ सय ७० बराबरको अवैध सामानहरु नियन्त्रणमा लिएको छ ।

प्रहरीले वीरगंज महानगरपालिका–१६ बोखार चोकस्थित सडकखण्डबाट १२ हजार बराबरको सेन्डो भेष्ट ९० पिस नियन्त्रणमा लिएको छ ।यसैगरी वडा नं.१६ रजत जयन्ति चोकस्थित सडकखण्डबाट ५० हजार छ सय ७० बराबरको बिभिन्न सामानहरु नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएको सामानहरुलाई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाईने पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले साझेदारी दैनिकलाई जानकारी दिए ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न