नेपाली कांग्रेसका युवा नेता सिंहले गरे डि.एस इन्जिनियरिङ कन्सल्टेन्सीको उद्घाटन

संदिप प्रसाद यादव
संदिप प्रसाद यादव 1.3k पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

नेपाली कांग्रेसका युवा नेता एवम् क्षेत्र नम्बर ४ ख का क्षेत्रीय सभापति लोकेश सिंहले डि.एस इन्जिनियरिङ कन्सल्टेन्सीको उद्घाटन गरेका छन् ।

बाराको कलैया उपमहानगरपालिका वार्ड नम्बर –४ मा रहेको कृष्णमन्दिर नजिक एक कार्यक्रम बिच उनले सोमबार रिबन काटेर उक्त कन्सल्टेन्सीको उद्घाटन गरेका हुन् ।

कन्सल्टेन्सीका प्रबन्ध निर्देशक ईन्जिनियर विवेक तिवारीको अध्यक्षतामा सो कार्यक्रम भएको हो ।

कार्यक्रमको प्रमुख अतिथि सिंहले कम लगानीमा स्वदेशमै सजिलै पैसा कमाउन सक्ने बताए । उनले काम ईमान्दारीका साथ गर्न सुझाव दिदै कामलाई प्राथमिकतामा राखि अगाी बढाउन सुझाव दिए ।

कन्सल्टेन्सीबाट भवन डिजाइन,मूल्याङ्कन लागत,ईस्टिमेट,भारी मेसिन आधारहरूको कम्पन नियन्त्रण,माटोको अनुसन्धान,सुरक्षित भुइँ लोड विशेषज्ञ,टेस्टिमोणी औद्योगिक र व्यावसायिक भवन डिजाइन,जग्गा खरिद बिक्री परामर्श,बैंक ऋण विवरण परामर्श,वास्तुको परामर्श लगायत जस्ता सम्पूर्ण कामहरु गर्नेछ । सस्तो मूल्यमा तथा छिटोछरितो काम गरिने प्रबन्ध निर्देशक ईन्जिनियर तिवारीले जानकारी दिएका छन् ।

भवन निर्माणको उचित डिजाइन र सुपरिवेक्षण मार्फत भवनको भविष्यको चिन्ता र अनावश्यक खर्चहरूबाट बचत गर्ने उनले बताए ।

उक्त कार्यक्रममा त्रिवेणी बायो इअनर्जी एण्ड डेभलपमेन्ट प्रा.लि.का महा प्रबन्धक शिवनाथ शर्मा,लुमन्ती आवासको लागि सहयोग समूहका सामुदायिक सहजकर्ता सुर्यराज पासवान,महालक्ष्मी विकास बैंक लिमिटेड कलैया शाखाका प्रमुख अरुणकुमार यादव, कलैया सिटी जेसिज २०२० का पुर्वअध्यक्ष जेसि विपिन चौधरी,उमेश पटेल,सुरज तिवारी,नितु मण्डल,मणिन्द्रनाथ शर्मा, समाजसेवी,बुद्धिजीवी तथा संचारकर्मीहरु लगायतको उपस्थिति रहेको थियोे ।

संदिप प्रसाद यादव

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न