तीन लाख ७० हजारको कपडा तथा खाद्यान्न सामानहरू बरामद

साझेदारी दैनिक
साझेदारी दैनिक 90 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

पर्सा प्रहरीले तीन लाख ७० हजार बराबरको कपडा तथा खाद्यान्न सामानहरू बरामद गरेको छ ।

प्रहरीले वीरगञ्जको विभिन्न स्थानबाट ती सामानहरु जाँचको क्रममा पक्राउ गरेको हो ।वीरगञ्ज महानगरपालिका–८ रेल्वे रोडबाट ४०हजार बराबरको चार क्विन्टल ८५ किलो चिनी बरामद गरेको हो ।

एक लाख १० हजार बराबरको चार बोरा मिट मसाला प्रहरीले बरामद गरेको छ ।प्रहरी चौकी गण्डकले जाँच गर्ने क्रममा वीरगञ्ज–१४ गण्डकबाट एक लाख ८० हजार बराबरको लेडिज कुर्ता सुरुवाल–७६ पिस,जेन्स कुर्ता – ६० पिस र स्टिलको कचौरा –२२४ पिस नियन्त्रणमा लिएको छ ।

यस्तै वीरगञ्ज–१६ रजतजयन्ति चोकस्थित सडकखण्डबाट ४० हजार बराबरको लेडिज कुर्ता लगायतका सामानहरु बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न