मल भन्सारमा,क्वारेन्टाईनले भारतीय चल्ला गर्‍यो नष्ट

साझेदारी दैनिक
साझेदारी दैनिक 73 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

अवैध रुपमा भन्सार छली ल्याएको भारतीय मल पर्सा प्रहरीले बरामद गरी भन्सारमा बुझाएको छ ।

वीरगञ्ज महानगरपालिका–१६ माईदिया पोखरीस्थित घरमा भण्डारण गरी राखिएको मल बरामद गरेको हो ।

भन्सार छलीका २६ हजार दुई सय ५० मूल्य बराबरको भारतीय मल बरामद गरी आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्साका प्रहरी प्रबक्ता डिएसपी दिपक भारतीले जानकारी दिए ।

यस्तै पर्साको बिन्दबासिनी गााउँपालिकाबाट तस्करी गरी ल्याइएको भारतीय कुखुराको चल्ला प्रहरीले बरामद गरेको छ ।गाउँपालिकाको वडा नम्बर ३ छठीयाघाटस्थित सडकखण्डबाट १३ कार्टुनमा रहेको एक हजार चारसय गोटा चल्ला प्रहरीले बरामद गरेको थियो ।

प्रहरीलाई देखेपछि तस्कर भने फरार भएको प्रहरीले जनाएको छ ।बरामद गरिएको चल्लालाई पशु क्वारेन्टाइन चेक पोष्ट सिर्सियाले नष्ट गरेको पर्सा प्रहरीले जानकारी दिएको छ ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न