केही दिनदेखी बारा,पर्सा सहित मध्य तराईमा अत्याधिक तापक्रम बढे्को छ। तापक्रम बढेसंगै अत्याधिक गर्मी बढेको छ ।
पछिल्लो एक हप्तामा,बारा,पर्सामा गर्मी ह्वातै बढेको हो । बिहानैदेखि चर्को घाम लागेर साँझसम्म नै टण्टलापुर घाम लाग्ने गरेको गर्मी बढ्दै गएको छ । गर्मी बढेपछि आम सर्ब साधारणहरुको दैनिका प्रभावित बनेको छ ।
गर्मीका दिउँसोको समयमा सर्ब साधारणहरु घर बाहिर निस्कन छाडेका छन । काम बिशेषले गर्दा घर बाहिर निस्कने मानिसहरु गर्मीले बढी सास्ती खेपिरहेका छन ।
गर्मी बढि भएपछि खासगरी दैनिकी ज्यालादारी गरेर खाने मजदुरहरु,ईरिक्सा,रिक्सा चालक लगायतका मानिसहरुलाई झनै समस्या परेको छ । अहिले गर्मीकै कारण गाउँदेखि शहरसम्मका बजारहरु दिउँसो प्राय सुनसान हुने गरेका छन ।
बाराको सदरमुकाम कलैया र पर्साको सदरमुकाम वीरगञ्जमा पनि मानिसहरुको चहल पहल कम भएको छ । मुख्य बजारहरुमा साँझपख मात्र मानिसहरुको भिड देखिने गरेको छ ।
एक हप्ता भन्दा अघिसम्म पर्सा बारा लगायत मधेस प्रदेश भरि नै मनसुन सक्रिय भएर पानी पर्दै आएको थियो ।
पानी परेपछि यहाँका स्थानीयबासीहरुले गर्मीबाट राहत पाएका थिए । तर अहिले फेरि एकसाता भन्दा बढि दिनदेखी पानी नपर्दा स्थानीयबासीहरु मारमा परेका छन । एक हप्ता अघिसम्म पानी परेपछि रोपाइ गरिसकेका किसानहरु समेत मारमा परेका छन ।रोपाई गरिसकेको धान बालीमा पानीको अभाव हुन थालेकोे छ।
तपक्रम बढि हुनु र धानबालीहरुमा सुख्खापना कै कारण विभिन्न रोग र किराको प्रकोपहरु प्नि बढेको किसानहरु बताउछन । धानबालीमा घामका कारणले पानी सकेपछि फेरि बालीमा पानी हाल्नुपर्ने अवस्था आएको किसानहरुको भनाई छ ।
बारा,पर्सामा धान रोपाई सकिएपछि पानी पर्न छाडेको तथा गर्मी बढदै गएर धान बालीमा दैनिकी फेरि पानी हाल्नुपर्ने अवस्था आएको किसान हकहित सँघर्ष समिति पर्साका अध्यक्ष सहरुम गदीले बताएका छन ।
उनले बढदो गर्मीमा धानबालीमा रोपाई गरेको केही समय पछि नै पानी हाल्नुपर्ने बेला हुन लागेकोमा गरिब किसानहरु मारमा परेको बताए । सिँचाईको अभावमा गरिब किसानहरुसित पैसा तिरेर पानी हाल्नको लागि आर्थिक अवस्था कमजोर भएकोले उनीहरु झनै मारमा परेको उनले बताए ।
गर्मी बढदै गएपछि दिनमा त आम सर्ब साधारणहरुलाई समस्या परेकै छ रातिमा पनि सर्ब साधारणहरुलाई सुत्नमा अप्ठयारो भईरहेको छ ।
गर्मी छल्नको लागि सर्ब साधारणहरुले राति पँखा चलाएर सुत्ने गरेका छन। तर यही समयमा बारा, पर्सामा अनियमित बिधुत कटौती हुदै आएको छ ।
दिन भरिमा दर्जनौ पटक बिधुत कटौती हुने गरेको तथा एक पटक कटेको लाईन घण्टौसम्म नआउदा सर्ब साधारणहरु बढदो गर्मीमा झनै पिडामा ङपरेका बारा जीतपुरसिमरा १७ रामनगरका प्रशुराम दाहालले बताए ।
गर्मी अनियमित बिधुत कटौती र भोल्टेजको समस्याले गर्दा बिधार्थीहरुको अध्यन,पेशा ब्यापार लगायत सबै क्षेत्रमा परेको जनमत पार्टी पर्साका सँयोजक ओमप्रकाश सर्राफ बताउछन ।
गर्मीका कारण समस्या भएको तथा अनियमित बिधुत कटौतीले झनै पिडामाथि पिडा थपेका कारणले आफुहरुले बिधुत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रलाई ध्यानाकर्ष नै गराएको उनले बताए ।