बगर खेती योग्य जमिनमा कृषिलाई लक्षित गरेर कामको सुरुवात गर्नेः मुख्यमन्त्री सिंह

साझेदारी दैनिक
साझेदारी दैनिक 64 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले प्रदेश सरकारले बगर खेती योग्य जमिनमा कृषिलाई लक्षित गरेर कामको सुरुवात गर्ने योजना बनाएको बताएका छन।

मुख्यमन्त्री सिंहले विहीवार कमला नदीको वरिपरि रहेको करिब सात हजार बिघा बगर जमिनको स्थलगत निरीक्षण गर्ने क्रममा यस्तो बताएका हुन ।

मुख्यमन्त्री सिंहले बगर खेती योग्य जमिनको अवलोकन पछि सम्पूर्ण कार्य योजना तयार गरिएको बताएका हुन ।

कमलाको बगरमा ताल बनाउन,माछा पालन,बाख्रा पालन,भैँसी पालन,केरा खेती जस्ता मल्टी प्रपजका लागि खेती गरिने योजना रहेको मुख्यमन्त्री सिंहले बताए ।

उनले भने,ताल बनाइयो भने वाटर लेभल पनि बढ्ने भएकाले बगर खेती योग्य जमिनको सदुपयोग गर्न अपरिहार्य भएको र यसका लागि स्थानीय पालिकादेखि सबै सम्बन्धित संस्थाहरूले सहयोग गर्न आवश्यक रहेको बताए ।

सो अवसरमो मुख्यमन्त्री सिंहले धनुषाको कमला नगरपालिकामा बुधबार करिब र विहीवार सात हजार बिघा बगर जमिनकास्थलगत निरीक्षण गरेका छन् ।

बगर खेती योग्य जमिनमा प्रदेश सरकारबाट कृषि उत्पादन गर्ने उद्देश्यका साथ मुख्यमन्त्री सिंह सहितको टोलीले स्थलगत निरीक्षण गरेको हो ।

उक्त निरीक्षण पश्चात मुख्यमन्त्री सिंहले आफ्नो नेतृत्वको सरकारले बगर खेती योग्य जमिनको सदुपयोग गर्ने घोषणा उद्घोष गर्नुभएको हो ।

स्थलगत निरिक्षण पश्चात आयोजित अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री सिंहले आफ्नो नेतृत्वको सरकारले बगर खेती योग्य जमिनमा द्रुत गतिमा काम अगाडि बढाउने प्रतिबद्धता समेत व्यक्त थिए ।

उनले ‘बगर जमिनमा के कस्ता खेती गर्न सकिन्छ, त्यसको डीपीआर तयार गर्छौं । र काम गर्ने प्रतिबद्दता जनाए । प्रदेश सरकारले लगानी गर्नका लागि नै बगर क्षेत्रको निरीक्षण गरेको मुख्यमन्त्री सिंहको भनाइ छ ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न