चौरानव्वे लाखको औषधी,खुद्रा तथा हार्डवेयर सामानहरू लोड रहेको ट्रक नियन्त्रणमा

साझेदारी दैनिक
साझेदारी दैनिक 97 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

पर्सा प्रहरीले ९४ लाख १५ हजार सात सय पाँच रुपैयाँ बराबरको औषधी,खुद्रा तथा हार्डवेयर सामानहरू लोड रहेको ट्रकलाई नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा वीरगञ्जको घण्टाघरमा जाँच गरेको थियो ।घण्टाघरस्थित सडकखण्डमा ना.३ ख ५६७१ र ना.०४ ख ५०१ नम्बरको ट्रकलाई प्रहरीले जाँच गरेको थियो ।

दुबै ट्रकमा लोड गरिएका सामानहरुलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको पर्साका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न