प्रर्सा प्रहरीद्रारा नागरिक सुनुवाइ कार्यक्रमको आयोजना

साझेदारी दैनिक
साझेदारी दैनिक 98 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

जिल्ला प्रहरी कार्यालय पर्साले आईतवार नागरिक सुनुवाइ कार्यक्रमको आयोजना गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी एवम् उपरीक्षक कुमोद ढुङ्गेलको अध्यक्षतामा वीरगञ्जस्थित होटल क्लासिक ब्याङ्क्वैटमा उक्त नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमको विशेष उपस्थितिमा रहेको कार्यक्रममा भएको सो कार्यक्रमलाई सम्बोधन गर्दै उनले वीरगञ्ज महानगरपालिकाले आफ्नो दायित्व निर्वाह गरीरहेको बताउदै सेवा प्रवाहका मामिलामा कुनै सम्झौता नगर्न पनि सरोकारवालालाई सचेत गराए ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले नागरिकहरुको सेवा नै पहिलो प्राथमिकता रहेकाले सोही अनुसार

नागरिक मैत्री सेवा नै प्रशासनको दायित्व रहेको बताए ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका गणपती सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल,जिल्ला प्रहरी कार्यालय पर्साका उपरिक्षक ढुङ्गेलले कार्यालयबाट प्रवाह भए गरेका सेवाका वारेमा जानकारी गराईएको थियो ।

सो अवसरमा जिल्ला प्रहरी कार्यालय र अन्य निकायका बारेमा सहभागिहरुले गुनासो सुनाएका थिए ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न