एक करोड उनानव्वे लाख भन्दा बढीको दुई वटा ट्रक प्रहरी नियन्त्रणमा

साझेदारी दैनिक
साझेदारी दैनिक 95 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

वीरगञ्जबाट हार्डवेयर सामानहरु लोड रहेको दुई वटा ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

वीरगञ्जस्थित आईसिपी भन्सार अगाडिबाट जाँच गर्नेक्रममा दुई वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका २५ स्थित आईसिपी सडक खण्डमा चेकजाँचको क्रममा ना.६ ख ४०५८ र ना.३ ख १८७ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।

प्रहरीले सोमा लोड रहेको एक करोड ८९ लाख ५० हजार छ सय २२ रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले साझेदारी दैनिकलाई जानकारी दिए ।

नियन्त्रणमा लिइएको सामानसहित ट्रकलाई आवश्यक कानुनी प्रकृया पुरा गर्न राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको उनले बताए ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न