अबिरल बर्षाले प्रभावित क्षेत्रको नगरप्रमुख पौडेल गरे अनुगमन

रञ्जन यादव
रञ्जन यादव 122 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

लगातार परेको अबिरल बर्षाको कारण जीतपुरसिमरा उपमहानगरपालिकाको प्रभाबित क्षेत्रको नगर प्रमुख राजन पौडेलले अनुगमन गरेका छन् ।

शनिबार मनसुनजन्य विपत्बाट उपमहानगरपालिकाको विभिन्न क्षेत्रमा भएको क्षती वा हुन सक्ने सम्भाबित क्षतीको अध्ययन तथा अवलोकन नगर प्रमुख पौडेलले अनुगमनमा गरेका छन् । पानी परेको समयमा छाता ओढेर निस्केका नगर प्रमुख पौडेलले वडा नं.२३,वडा नं.१०,वडा नं.१२,वडा नं.१९,वडा नं.२०,वडा न.२१ को अनुगमन गरेका थिए ।

अनुगमनमा बर्षाले पारेको असर बारे अध्ययन तथा नगरबासीको समस्या बारे जानकारी नगर प्रमुख पौडेलले लिएका थिए । उनले बाढी पहिरोको कारण क्षति भएको घर,सडक,पुल क्षति भएको स्थानमा पुगेर वास्तविक स्थितिको अवस्था बुझेर त्यसका निम्ति योजना बनाउने बताएका छन ।

अनुगमनमा जीतपुरसिमरा नगरउद्योग बाणिज्य संघका अध्यक्ष तथा नगरको बिपत ब्यवस्थापन समितिका सदस्य मोहन शर्मा लामिछानेको पनि उपस्थिती रहेको थियो ।

बर्षाका कारण हालसम्म कुनै मानवीय क्षति नभएपनि जीतपुरसिमरा उपमहानगरका अधिकांश ठाउँहरु जलमग्न भएका छन् । कतिपय घरमा पानी पसेको छ ।

रञ्जन यादव

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न