जितपुर सिमरा उपमहानगरको नगर सभामा भएको तोडफोडा विरुद्ध ज्ञापन पत्र

रञ्जन यादव
रञ्जन यादव 107 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

जीतपुरसिमरा उपमहानगरपालिकाको १० औँ नगर सभामा भएको तोडफोडको बिरोध गर्दै ज्ञापनपत्र दिइएको छ ।

समाजका अगुवाहरुले नगरपालिकाको ध्यानाकर्षण गर्दै ज्ञापन पत्र बुझाएका हुन्न् । उनीहरुले तोडफोडको कार्यको भत्र्सना गरेका छन्।

कारवाहीको माग सहितको ज्ञापन पत्र उनीहरुले बुझाएका हुन् । तोडफोड गर्नेलाई कडा कार्बाही गरी त्यसको क्षतिपुर्ति स्वयम ब्यक्तिबाट नै भराउँनुपर्ने माग ज्ञापनपत्रमा गरिएको छ ।

दिनहु सामाजिक अगुवाहरुले प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेलाई भेटेर ज्ञापन पत्र बुझाउँने गरेका हुन् । जनताबाट निर्वाचित भई राज्यको सम्पत्ति संरक्षण गर्ने जिम्मेवारी पाएका केही जन प्रतिनिधिबाट नै सम्पत्तिको तोडफोड हुनु दुखद बिषय भएको ज्ञापनपत्रमा लेखिएको छ ।

यस्तो हर्कतलाई जनताले कुन रुपमा लिने,सोचनीय बिषय भएको भन्दै त्यस्को घोर निन्दा एवम भत्र्सना ध्यानकार्षण पत्रमा गरिएको छ ।

असार १० गते भएको नगर सभामा चित्त नबुझेको भन्दै केही नगर सभा सदस्यहरुले कुर्सि,फर्निचर,ईलेक्ट्रीक सामान र टायल्स तोडफोड गरेका थिए ।

जीतपुरबाट संजयकुमार साहको नेतृत्वमा,सिमराबाट महिलाहरु कमला अधिकारी र शोभा कार्कीको नेतृत्वमा,अमलेखगंजबाट पुर्ब वडा अध्यक्ष कृष्णबहादुर ठकुरीको नेतृत्वमा र समाजसेवी प्रदिप बोम्जनको नेतृत्वमा जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत काफ्लेको ध्यान आकर्षित गर्दै ज्ञापन पत्र बुझाईएको हो ।

रञ्जन यादव

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न