बारा जिल्लाको सिमरामा रहेको ब्राइटर एकेडेमी सिमराका विद्यार्थी राहुल यादवले एसईई परीक्षामा चार जीपिए ल्याएका छन् ।
राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालयले बुधबार कक्षा १० एसईईको नतिजा सार्वजनिक गरेकोमा यादवको चार जिपिए देखिएको हो ।
शिक्षा बिकास तथा समन्वय इकाई बाराले दिएको जानकारी अनुसार जिल्लामा साधारण नियमित तर्फ ३.०१ देखि ३.९६ ग्रेडमा एक हजार चार सय एक जना सफल भएका छन् । २.१० देखि ३ मा १ हजार दुई सय ४५,६ हजार ९६ जना बिद्यार्थीहरु ननग्रेड ल्याएका छन् ।
त्यस्तै प्राबिधिक धारतर्फ ३.०१ देखि ३.७३ ग्रेडमा ६३ जना सफल भएका छन् । २.५७ देखि ३ सम्ममा ५६ जना सफल भएका हुन् । २ सय ९५ जना बिद्यार्थीले ननग्रेड ल्याएका छन् ।
यसरी नतिजा हेर्दा साधारण तर्फ ३०.२८ प्रतिशत बिद्यार्थी उत्तीर्ण भएका छन् । ६९.७२ प्रतिशत बिद्यार्थी अनुत्तीर्ण भएका छन् ।
त्यस्तै प्राविधिक धारतर्फ २८.७५ प्रतिशत बिद्यार्थी उत्तीर्ण भएका छन् । ७१.२५ प्रतिशत बिद्यार्थी अनुत्तीर्ण भएका हुन् ।
बारामा सामुदायिक विद्यालय तर्फ श्री ३ चन्द्र माध्यमिक विद्यालय कलैयाका बिद्यार्थी महेश कुमार गुप्ताले ३.९१ जिपिए ल्याएर उत्कृष्ट भएका छन् ।
बाराबाट एसईईमा साधारण नियमित तर्फ कुल ८ हजार ७ सय ४३ जना बिद्यार्थीहरु परीक्षामा सहभागी भएका थिए । प्राविधिक तर्फ ४ सय १४ जना बिद्यार्थीहरु परक्षिामा सहभागी भएका हुन् ।